बङ्गलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय फुटबलको फाइनलमा

काठमाण्डौ – नेपाल त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिए पनि नेपाल किर्गिस्तानलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै मौका पाए पनि सदुपयोग गर्न सकेन । खेल अवधिभर नेपालले बङ्गलादेशलाई दबाबमा राख्दै पटक-पटक पोष्टमा प्रहार गरे पनि गोल गर्न भने असफल रह्यो । यसअघि बङ्गलादेशसँग हारेको र नेपालसँग बराबरी खेलेको किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल १६ गते सोमवार हुनेछ ।


error: Alert: Content is protected !!