योगेश भन्छन् : बेकारकासँग बहस गर्नु दिमाग खराब बनाउनुमात्रै

पूर्वमन्त्री एवम् नेकपा एमाले (खनाल–नेपाल) पक्षका नेता योगेश भट्टराईले वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियरसँग हुने टिप्पणी गरेका छन् ।

शनिवार राति ट्वीट गर्दै उनले बेकारकासँग त समयको बर्बाद र दिमाग खराब बनाउनुमात्रै भएको बताए ।

भट्टराईको केही दिन अघिको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार बिहान प्रतिक्रिया दिँदै भट्टराईलाई प्रश्न गरेका थिए ।

पछिल्ला केही दिनयता भट्टराई एमाले जोगाउनका लागि अपिल गर्दै आइरहेका छन् ।

बुधवार उनी एमाले संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।


error: Alert: Content is protected !!