‘लाइफ इन एलए’मा अकेशा

काठमाडौँ । अभिनेत्री अकेशा बिष्टको भूमिकामा फिल्म ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । सुर्य एन श्रेष्ठको निर्देशन रहने फिल्म सामाजिक संजालमार्फत पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

अप्रिल पहिलो साताबाट अमेरिकाको एलएबाट छायाँकन सुरु हुने फिल्मको नेपालको पोखरामा समेत छायाँकन हुनेछ । अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा बन्न लागको फिल्म बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

फिल्ममा अकेशाको अलवा बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्माता संसार ए सुवेदी हुन् । राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांँकन, श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनर रहनेछ ।

तपाईको प्रतिक्रिया