बढ्न थाले कोरोना संक्रमित : २४ घन्टामा थपिए १ सय ६७ जना

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ सय ६७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर ३ हजार १ सय ४० जनाको पिसिआर परिक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै यही समयमा १ सय १५ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्।

भने आज ३ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५३ जना क्वारेन्टाइनमा रहेका छन् भने देशभर १ हजार ३ सय ९० जना संक्रिय संक्रमित रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया