दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित

पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रीकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ३ विकेटले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३ औं एकदिवसीय शतक हो ।

तपाईको प्रतिक्रिया