जुम्लाको मुल्ली गाउँमा भिषण आगलागी : ३५ घर जलेर नष्ट,

जुम्ला ; जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयाे । उहाँका अनुसार आगो नियन्त्रण बाहिर रहेकाे छ ।

प्रयाप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन। घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयाे । वडाध्यक्ष बोहोराले भन्नु,‘आगो नियन्त्रण बाहिर छ। निभाउनको लागि पानी छैन। घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।’

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ। आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ। आगलागीका कारण मान्छेहरु बेहोस छन्। आगलागीको एकीन विवरण आउन बाँकी छ।

यो तिला ९ ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो। यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन्। मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो।
वडाध्यक्ष बोहोराले भन्नुभयाे,,‘स्याउला संकलनका लागि एक दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए। आगोले बस्ती खरानी बनाइसक्यो। ’ उहाँले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन्।
यताजुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थल तिर पठाइसकेको बताउनुभयाे । सदरमुकाम खलंगादेखि गएको प्रहरीको टोली पाँच घण्टापछि आगलागी स्थलमा पुग्नेछ। उहाँले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका–९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताउनुभयाे । उद्धारका लागि घटनास्थल तर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ ।”उहाँले भन्नुभयाे,‘ उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु।’
यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो।
यो संगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ। सदरमुकाम स्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वन आगलागी भएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयाे।    सागर परियार 


error: Alert: Content is protected !!