रियलको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले इबरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा मार्को एसेन्सियो र करिम बेन्जिमाले एक एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले २९ खेलमा ६३ अंक जोडेको छ ।

इबर २३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया