सोसिडाडले जित्याे स्पेनिस कोपा डेल रे फुटबलको उपाधि

काठमाण्डाै – रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि जितेको छ ।

राति भएको फाइनल खेलमा एट्लेटिकाे बिल्बाओलाई १-० गोल अन्तरले हराउँदै सोसिडाडले उपाधि जितेको हो । सोसिडाडका मिकेल ओयार्जाबलले खेलको ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

उनले पेनाल्टीमा गोल गरेका थिए । साेसिडाडले ३४ वर्षपछि पहिलो पटक ‘कोपा डेल रे’ को उपाधि जितेको छ । बिल्बाओले आउँदो अप्रिलमा ‘कोपा डेल रे’ को अर्को फाइनल खेल्नेछ । सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।


error: Alert: Content is protected !!