फोटन मोटरका गाडीहरु अब सुर्खेतमा

सुर्खेत । नेसनल सप्लायर्स कम्पनि “एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले” कर्णाली प्रदेशका लागि “स्वर्णिम मोटोकर्प प्रा लि” संग फोटनका गाडीहरुको आधिकारिक बिक्रेताकारुपमा एक औपचारिक कार्यक्रम मार्फत व्यापारिक सम्झौता गरेको छ।


“एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालि” को तर्फबाट नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयाल र “स्वर्णिम मोटोकर्प प्रा लि”को तर्फबाट सञ्चालक रोशन सब बिच दुवै कम्पनीको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

नेपालमा करिब ३ वर्ष अगाडिबाट विक्री वितरण सुरु गरेको “एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालि”ले सरकारी तथा गैह्रसरकारी क्षेत्रमा आफ्नो स्वामित्व जमाइसकेको कम्पनीको दावी रहेको छ। नेटवर्क डेभलपमेन्ट म्यानेजर सुवास फुयालका अनुसार “फोटनका गाडीहरु प्रहरी, आर्मीको भ्यान, माइक्रो, एम्बुलेन्स एवम् स्कुल सरकारीमा समेत प्रयोग गरिएको छ। उहाँहरु फोटनका गाडीबाट सन्तुष्ट हुनुहुन्छ यो खुसीको खबर हो, उनले भने।

न्यूनतम मुल्य ४९ लाख देखि ८५ लाख सम्ममा उपलब्ध फोटनका गाडीहरु नेपालमा उपलब्ध रहेको छन्। जसमा टुनाल्ड एस, टुनाल्ड इ, भ्यू सिएसटुएल, भ्यू सिएस टु, एम्बुलेन्स लगायतका प्रिमियम पिकअप र भ्यानहरु छन्।

फोटनका गाडीमा फोल्डेवल सिट, प्रत्येक सिटमा इएलआरसी वेल्ट भएको, स्टाटिक सनरुफ सिस्टम, एमएडब्लु र बृद्धिको जोइनभेचर रहनु यसको विशेषता रहनुका साथै मर्मतसम्भारमा कम खर्चिलो, गाडीमा ३ वर्ष इन्जिन, गियरबक्सको वारेण्टी रहेको र ७० देखि १०० प्रतिशत सम्म फाइनान्सियल सुविधा रहेको फुयालले जानकारी गराएका थिए।

ग्राहकहरुको विश्वासलाई मध्यनजर गर्दै कम्पनीले हरेक दिन गाडीको हरेक दिन रिपोर्टिङ गर्ने, सर्भिसमा ध्यान दिने र फाइनान्स लगायत अन्य सुविधाको लागि हर किसिमका प्रयासहरु निरन्तर गरिरहेको उनले बताएका थिए।

एमएडब्लुको सर्भिस विश्वमा नै एउटा गुड इमेज भएको कम्पनीसँग फोटन जोइन भएको हुँदा ढुक्कसँग खरिद गर्नुहुन ग्राहकलाई उनले अनुरोध गरेका थिए। त्यसैगरी स्वर्निम मोटोकर्पका सञ्चालक रोशन सबले काठमाण्डौंबाट विक्री वितरण गरेको फोटनका गाडीहरु कर्णाली प्रदेशमा पनि उच्च माग भएकोले बिरेन्द्रनगरलाई केन्द्रविन्दु बनाई आधिकारीक विक्रेता बनेको बताए।

औपचारिक कार्यक्रममा बोल्दै “फोटन गाडीको बजारमा माग बढी हुनु भनेको सस्तो र गुणस्तरीय नै हो। भ्यानमा भने १५ सिट, १६ सिट र १९ सिटेमा उपलब्ध छ। बजारमा पाइने १६ सिटको गाडीको मुल्य बराबर १९ सिटको गाडी फोटनले विक्री गर्दै आएको र सुविधाहरु बढी दिइएको छ।

अन्य गाडीको तुलनामा यो भ्यानले नियमित चलाउदा महिनामा ५० देखि ७० हजार बढी आम्दानी गर्छ,” उनले भने। काठमाण्डौंमा मात्र नभई विभिन्न जिलाहरुमा समेत राम्रो बजार बनाइसकेको फोटनले बिरेन्द्रनगरमा पनि राम्रो बजार बनाउन सक्ने भएकोले सवारी लिन इच्छुकले एकपटक स्वर्णिम मोटोकर्प प्रालिमा भिजिट गरेर यसको बारेमा सम्पूर्ण जानकारी लिनको लागि अनुरोध गरेका थिए।


error: Alert: Content is protected !!