आईपीएल : हैदराबादमाथि कोलकत्ताको जीत

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

आईतवार राति भएको खेलमा कोलकत्ताले हैदराबादलाई १० रनले हराएको हो ।

१ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले ५ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।

मनिष पाण्डेले अविजित ६१ र जोन बोयस्टोले ५५ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन । ओपनरद्धय ऋद्धिमान साह ७ र डेविड वार्नर ३ रनमा आउट भएको खेलमा मोहमद नाबी १४, विजय शंकर ११ रनमा पेविलियन फर्किए । अब्दुल सामद १९ रनमा अविजित रहे ।

कोलकत्ताका प्रशिद्ध कृष्णले २ तथा सकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान १ विकेट लिएका थिए ।

यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको कोलकत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

कोलकत्ताका लागि ओपनर नितिस रानाले ८० रनको शानदार ईनिङ्स खेलेका थिए । त्यस्तै राहुल त्रिपाठीले ५३ रनको विस्फोटक ईनिङ्स खेलेका थिए । उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका थिए ।

सुभमन गिलले १५, आन्द्रे रसेलले ५, सकिब हल हसन ३ र इयान मोर्गान २ रनमा आउट भएका थिए । दिनेश कार्तिक २२ रनमा अविजित रहे ।

सनराईजर्सका रसिद खान र मोहमद नाबीले समान २ तथा भुवनेश्वर कुमार र टी नटराजनले समान १ विकेट लिएका थिए ।

कोलकत्ताले यस सिजनको आईपीएलको पहिलो खेलमा जित निकाल्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया