सुर्खेत उद्योग वाणिज्य संघलाई क श्रेणीको सम्मान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत उद्योग वाणिज्य संघलाई क श्रेणीको सम्मान दिइएको छ । उद्योग, व्यापार व्यवसायको विकासमा संघले महत्वपूणर् भूमिका खेलेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले क श्रेणीको सम्मान प्रदान गरेको हो ।


महासंघको ५५ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलाई एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरेका हुन । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोकत्वमा गठित कदर सम्मान समितीले देशभरका क श्रेणीका उद्योग वाणिज्य संघ मध्ये कर्णाली प्रदेशबाट सुर्खेत उद्योग वाणिज्य संघलाई छनौट गरेको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया