नेपाल स्वास्थ्य संघको अध्यक्षमा देवकोटा

सुर्खेत । नेपाल स्वास्थ्य शिक्षा संघको नयाँ नेतृत्व चयन गरिएको छ । चितवनमा सम्पन्न भएको १३ औं साधारण सभा एवं अधिवेशनले संघको अध्यक्षमा प्रा.डा. भिमसेन देवकोटाको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।


संघको उपाध्यक्षमा विष्णु वाग्ले, महासचिवमा डा. भगवान अर्याल, सचिवमा यदुराम उप्रेती र कोषाध्यक्षमा माधवी घिमिरे निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा अनिल कुमार मण्डल, इन्दिरा चौलागाई, डा. कुसुम राज सुवेदी, तोयानाथ पहाडी, वीरेन्द्र कार्की, शान्तिप्रसाद खनाल, सुमन सिलवाल, हरिस सामन्त र ज्ञानेन्द्र पौडेल रहेका छन् । संघको साधारण सभा एवम् अधिवेशन चैत्र २८ र २९ गते चितवनमा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया