जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा एकै साथ अज्ञात रोगले थला परेका हुन् ।

विद्यालयमा वार्षिक परीक्षा दिइरहेका विद्यार्थीमा एकाएक टाउको दुख्ने,ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावतले जानकारि दिए । ‘चैत २३ गते परिक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा प्रवेश भेटिए, त्यसपछि धमाधम अन्य विद्यार्थी विरामी पर्न थाले ।’ जनजागृति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले भने ।

अहिले विरामि विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको उनले जानकारि दिए । विद्यार्थी धमाधम विरामि पर्न थालेपछि गाउँ नै त्रसित भएको उनले बताए । समयमै रोगको पहिचान र निदान नभए गाउँनै संक्रमण हुने डर देखिएको तातोपानि गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष मक्कर बहादुर रावतले बताए । ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तिव्र रुपमा थला पार्न थालेको छ ।’ उनले भने ।

लामो समय खडेरि पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको तातोपानि गाउँपालिका वडा नम्वर ७ सर्मि का स्थानिय लालु कुँवरको भनाई छ । ताम्तिको छिमेकि गाउँमा समेत यस्तो समस्या देखा पर्न थालेको वडा सचिव काली बहादुर रावतले बताए । तातोपानि ७ का वडाअध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएको उनले जानकारि दिए । कोरोनाको डरले आतंकित स्थानीयहरु अज्ञात रोगले थप सशंकित भएका छन् ।

तपाईको प्रतिक्रिया