जुम्ली युवाले बनाएको काठको कार राजमार्गमा गुडाएपछि स्थानीय दंग, हेर्नेको लर्को

जुम्ला । जुम्लाको सिञ्जा चुलेलगाउँका युवाले काठको कार बनाएर गुडाएका छन् । चुलेलगाउँका दुई युवाले स्थानीय स्रोत साधनबाट कार बनाएर गुडाएका छन् । सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेगाउँ निवासी प्रसान्त विक र अज विकले बनाएको काठको गाडि सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्धाटन गरेका हुन ।

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष नविन शर्मा सहित सरोकारवाला निकायहरुको सहभागितामा गाउँमै बनाएको गाडि गुडाएपछि स्थानीय दंग भएका छन् । २० बर्षिय प्रशान्त र १९ बर्षका अजले स्थानीय काठ र फलाम सहित वाहिरी आवरण सिसाबाट कार निर्माण गरेका प्रशान्तका दाजु रतन वडले बताए । त्यस्तै गाडीमा सोलारका १२ भोल्टवाला डवल व्यट्री जडान भएको छ । काठबाट बनाइएका गाडीको छतमा सोलारका पाता समेत जडान गरिएको छ ।

आफुहरु अवसर पाएपछि आफै गाडि बनाउन सक्ने र मोटरसाईकल समेत बनाउन सक्ने प्रशान्तले बताए । एक्कासी स्थानीय स्तरको स्रोत साधनले वनाएको कार ति किश्वरले गुडाएपछि स्थानीय दंग भएका छन । स्थानिय तिर्थ वड भन्छन,हामीले यो सोचेका थिएनौ । प्रशान्तले नाग्म गमगडि राजमार्गमा एक सय मिटर सो गाडि गुडाएका थिए । अघिल्लो दिन एक किलोमिटर गुडेको थियो । भित्र ३, ४ जना व्यक्ति बस्न मिल्ने प्रशान्तका दाजु रतनल वडले बताए ।

नयाँ बर्षका दिन गाउँलेका लगाडि स्थानीय स्तरमै बनाएको कार गुडाईपछि गाउनै हर्षमय बनेको हो । धेरै मानिसहरु सो गाडि हेर्न सडकमा आएका थिए । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले किश्वरहरुले गरेको मिहिनेत र सृर्जनालाई गाउँपालिकाले मर्न नदिने भन्दै थप तालिमका लागि सहयोग गर्ने बताए । वडाध्यक्ष नविन शर्माले उनिहरुको सृजना अनुसारको काम र सिपका लागि गाउँपालिका र वडापालिकाले प्रथामिकता दिने प्रतिवद्धता गरे ।

एक लाख खर्चमा बन्यो काठको गाडि

प्रशान्तले भने ,सडकमा गाडि गुडिरहेको देखेपछि यो कसरी बन्छ भन्ने बिषयमा जिज्ञासा पलाउथ्यो । त्यसको अभ्यास दुई तीन बर्ष अघि देखी गर्दै आएका बताए ।पहिले आफुले एक दुई किलोमिटर टाढाबाट रिमोटबाट ढोका खोल्ने, जौ काटने मेशिन समेत बनाएको भन्दै त्यसपछि गाडि बनाउने बिषयमा सोच आएको र अहिले घर परिवारको सहयोगमा रु एक लाखका् खर्चमा गाडि वनाएर गुडाएको प्रशान्तले बताए । वुवा कल्से वडका कान्छा छोरा प्रशान्तले साथीको रुपमा अजलाई लिएको र कार वनाउन सम्भव भएको बताएका छन् ।

त्यस्तै गाउँपालिकाले त्यो गाडि खस संग्राहलयमा राख्ने समेत बताएको छ । यसरी गाउँमै गाडि बनाएर गुडाएपछि स्थानीयले उद्धाटनको दिनमा पुरस्कार समेत आर्थिक सहयोग समेत गरेका छन् । भूमि व्यवस्थापन आयोगका विज्ञ तथा स्थानीय सुमन आचार्यले रु १० हजार सहयोग गर्ने घोषणा गरेको प्रशान्तले बताए । त्यस्तै १८ हजार नगद रकम समेत पुरस्कार स्वरुप उठेको छ ।

तपाईको प्रतिक्रिया