कांग्रेसले भन्यो : एमसिसीबारे संसद्‍मा छलफल गर्नुपर्छ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा एमसिसीबारेमा संसदमा छलफल गर्नुपर्ने बताएको छ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘बैठकमा कोरोना, रिक्त पदको उपनिर्वाचन, एमसिसीको विषयमा पास गर्नका लागि सहमति कसरी गर्नेरु अहिलेको परिस्थितिमा राष्ट्रिय सहमति गर्ने बारेमा छलफल भयो।’

विवादास्पद एमसिसी कांग्रेस सरकारको पालमा सहमति भएकाले सरकारले संसदमा ल्याउनुपर्ने बताए। उनले भने, ‘एमसिसीको बारेमा पनि हामीले प्रष्ट गरेका छौँ। हाम्रो सरकारले ल्याएका हो। संसदमा छलफल गर्नुपर्छ।’ सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नका लागि सुझाव दिएको समेत बताए।

‘कोभिडको बारेमा सरकार गम्भीर भएर लकडाउनभन्दा रोकथाममा लाग्नुपर्‍यो। रोकथामको विधिबारे जनतालाई समेत सचेत गराउनुपर्छ। लकडाउन गर्नु ठिक हुँदैन’ उनले भने।

रिक्त रहेको स्थानमा उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए। उनले भने, ‘संसदलाई सरकारले बिजनेस किन दिइएनरु राष्ट्रियसभा किन बोलाइएनरु कुर्सीभन्दा व्यवस्था जोगाउतिर ध्यान दिऔँ ? यसमाथि खेलबाड किन ? ओलीलाई आफ्नो कुर्सीभन्दा व्यवस्था जोगाउनतिर लाग्नका लागि आग्रह गरेको समेत बताए। नयाँ सरकार बनाउन प्रयास निरन्तर भइरहेको प्रष्टाए।

तपाईको प्रतिक्रिया