कर्णालीमा फ्लोर क्रस गर्ने तीन एमाले सांसदलाई मन्त्री पद ‘पुरस्कार’

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद हेरफेर गरेका छन् । पार्टी ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने ती एमाले सांसदलाई उनले मन्त्री बनाएका छन् ।

एमाले सांसद नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र कर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् । उनीहरु तीनैजनालाई आज एमालेले पार्टी र संसदबाट निस्काशित गर्ने निर्णय गरिसकेको छ ।

हिजो प्रदेश सभामा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत माथि मतदान भएको थियो । त्यसमा एमालेका चार सांसदले पार्टी ह्वीप उल्लंघन गर्र्दै सरकारको पक्षमा मतदान गरेका थिए । उनीहरुमध्ये प्रकाश ज्वाला भने मन्त्री बन्न छुटेका छन् ।

तपाईको प्रतिक्रिया