नयाँ अध्ययन भन्छ– नियमित व्यायाम गर्नेलाई कोरोनाको जोखिम कम

शारीरिक गतिविधि तथा कोरोनाभाइरसका कारण अस्पताल बस्नुपरेकाहरू सम्बन्धी एक नयाँ अध्ययनले नियमित व्यायाम गर्नेहरूलाई कडा कोभिड लाग्ने सम्भावना कम रहेको देखाएको छ ।

यस अध्ययनमा कोभिड लागेका ५० हजार क्यालिफोर्नियावासीहरूलाई सहभागी गराइएको थियो । कोरोना लागेकामध्ये व्यायाम गर्नेहरूलाई अस्पताल भर्ना गर्नुपरेको थिएन भने त्यत्तिकै बस्नेहरू चाहिँ भर्ना हुनुपरेको थियो ।

कोभिडका खोपहरू उपलब्ध हुनुभन्दा पहिले यी आँकडा संकलन गरिएका थिए । तर व्यायाम मात्रले कोभिडबाट जोगाउने यसको निष्कर्ष हैन ।

तैपनि नियमित व्यायाम गर्दा कोरोना संक्रमित भइएछ भने पनि गम्भीर रोग लागेर ढल्नुपर्ने स्थिति चाहिँ नआउने अध्ययनको आशय हो ।

नियमित अभ्यास गर्ने मानिसलाई रुघा र अन्य भाइरल संक्रमण लाग्ने सम्भावना कम हुन्छ भन्ने कुरा वैज्ञानिकहरूलाई थाहा छ । व्यायामले इम्युन रेस्पोन्सलाई बढाउन सक्छ । अभ्यास गरिरहँदा एन्टीबडी रेस्पोन्स पनि बढ्छ ।

तपाईको प्रतिक्रिया