सुर्खेत सहित अति प्रभावित १४ जिल्लाका सबै विद्यालय बन्द हुने

सुर्खेत । सरकारले कोरोनाबाट बढी प्रभावित सुर्खेत सहित १४ जिल्लाका सबै विद्यालय बन्द गर्ने भएको छ ।

सरकारले १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो। अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्।

आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको हो । सुर्खेत बाहेक कर्णाली प्रदेशका अन्य जिल्लामा भने विद्यालय सञ्चालन हुनेछन् ।

यस्तै, सरकारी निर्णय अनुसार मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ। रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्‌गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ। स्रोत :थाहाँखबर ।

तपाईको प्रतिक्रिया