भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर, एकै दिन झण्डै ३ लाख सङ्क्रमित, २ हजार भन्दा धेरैको ज्यान गयो

काठमाण्डाै – भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया