पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन रातदिन नभनी खटेको छुँ : ओली

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुन: विभाजित भएको बताएका छन्।

 

 

यत्रो दुस्खबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो। विभाजित नभएको भए पनि उहाँहरूले शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियोुु उनले थपे, मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने। त्यस्ता ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन।

आफू पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन लागि रातदिन नभनी खटेको पनि उनले बताए। कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुसाशित भएकोले हामीले नै अबको पार्टीलाई एकता कायम गर्न प्रयास गर्छौ उनले सम्बोधनका क्रममा भनेका छन्।

एमालेमा अहिले पनि केही व्य क्तिहरू अराजक ढंगले लाग्ने र पार्टीकै नेताविरुद्ध उत्रिने तथा सरकारको आलोचना गर्ने जस्ता काम नरोकिएको पनि उनले टिप्पणी गरे।

तपाईको प्रतिक्रिया