मूल पार्टीमा नफर्किए थप कारबाहीको चेतावनी

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर कमिटी छाडेर मूल पार्टीमा फर्कन आग्रह गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । “मूल प्रवाहमा फर्कने कमरेडहरुलाई उचित जिम्मेवारी दिने प्रस्ताव छ,” उनले भने ।

ज्ञवालीले पार्टीमा नफर्किए कर्णाली प्रदेशका सांसदहरुलाई जस्तो थप कारबाही हुने चेतावनी पनि दिए । उनले नेपाल समूह फर्किए स्थायी कमिटी बैठकमा पनि राखिने बताए । एमालले आजै स्थायी कमिटी पुनर्गठन गरेको छ । जसमा नेपाल पक्षलाई भने समेटिएको छैन ।

तपाईको प्रतिक्रिया