नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालाई ट्रान्जिट पोइन्ट बनाउन नदिने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब भारतलगायत अन्य देशबाट नेपाल आएर विदेश जान पाइने छैन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले केही समययता नेपाल विदेश जाने ट्रान्जिट पोइन्टको रुपमा विकास भइरहेको भन्दै अब यसमा रोक लगाइने निर्णय गरेको हो ।

“अब अरु देश जान नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन पाइने छैन । नेपाल आइसकेकालाई केहीदिन अरु देश जान दिने तर अब नेपाल आएर विदेश जान नदिने बैठकले निर्णय गरेको छ,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बाह्रखरीसँग भने । केही समययता नेपाल आएर विदेशमा काम गर्न जाने भारतीयहरुको संख्या उच्च रहेको थियो ।

तपाईको प्रतिक्रिया