प्रविनले ल्याए ‘एउटै तस्विर’ (भिडियो)

काठमाडौं । हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक भएको छ । गीतमा शब्द दीपेन्द्र के थापाको छ ।

गीतको भिडियोमा दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ ।

भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरूलाई देखाइएको छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा छायाँंकन उत्सव दाहाल र सम्पादन शिलन लम्सालको रहेको छ ।


error: Alert: Content is protected !!