…त्यसपछि डिप्रेसनको सिकार भएँ

जिन्दगीको यो सफरमा अनेकौं चुनाती आउँछन्। त्यसैगरी मेरो पनि जिन्दगीमा धेरै चुनौती।आए। जिन्दगीमा असफलताको चड्कन खाएको मान्छे हुँ म।

आज म मेरो मानसिक वार्डमा तीन दिन उपचार गर्न गएका साथी र डाक्टरबारे आफ्नो अनुभव भन्न गैरहेको छु। सायद, यसले तपाईंहरूलाई थप प्रेरणा र हौसला मिल्छ कि !

म कक्षा ११ मा विज्ञान विषय लिई, बायोलोजी, अध्ययन गरिरहेको थिएँ। तर, मलाई १ वर्षको अन्तिममा विज्ञानप्रति रुचि हट्दै गयो। त्यसपछि घरायसी झगडाको कारणले म डिप्रेसनको सिकार हुन पुगें। पढाइमा बिस्तारै कमजोर हुँदै गए। त्यस पछि एक्लै बस्ने , चुरोट जस्ता पदार्थ सेवन गरी उसलाई साथी बनाएँ। तर त्यो कलिलो उमेरमा , चुरोटको हानीबारे मलाई खासै थाहा थिएन। बिस्तारै घरका सदस्यबाट टाढिँदै गएँ।

आफ्नै आमा र बुवासँग झगडा गर्न थालें। त्यसपछि मैले अर्को कलेज पढ्ने निर्णय गरें। त्यहाँ पनि मलाई विज्ञान विषय लिई ुबायोलोजीु को रुचि हट्दै गयो। केही गर्ने जोसजाँगर ममा थिएन। त्यसपछि बाध्य भएर मैले अन्तिम विकल्प आत्महत्यालाई रोजें।

जब यसबारे मेरी आमालाई थाहा भयो। मलाई टिचिङ अस्पतालमा भर्ना गर्नुभयो। चलचित्रमा जस्तै अब मेरो जिन्दगी पनि ब्ल्याक एण्ड ह्वाइट भैसकेको थियो। म यतिसम्मको अवस्थामा पुगिसकेको थिए कि, रिसबाहेक मसँग अरू केही थिएन। तर, जब मैले त्यो वार्डमा अन्य साथीहरूको अवस्था देखें, दया माया पलाउन थाल्यो। उहाँहरूको पीडा बुझ्ने कोसिस गरें। उहाँहरू यहाँसम्म पुग्नुपर्ने कारण बुझ्ने प्रयास गरें।

अस्पतालका डाक्टरका सहयोग हौसला र परामर्शले मेरो जिन्दगी बौरिँदै गयो। डाक्टर सरोज ओझा,सुदीप अर्याल, रूचिलगायतको सहयोगले ममा आत्मबल बलियो हुँदै गयो। अब भने, म मानसिक वार्डबारे केही भन्न चाहन्छु।

हाम्रो समाजमा सामान्य निन्द्रा न लाग्दा वा केही समस्या पर्दा हामी डाक्टरकहाँ जाँदा कतै समाजले मलाई पागल पो भन्ने हो किरु भन्ने एक किसिमको डर हुन्छ। के सबै मानसिक वार्डमा भर्ना हुने पागल हुने भए आज म यहाँसम्म पुग्दिनँ थिएँ होला। सायद, यो किसिमको सोच नै आउँदैन थियो।

मेरो मानसिक वार्डलाई केही सुझाव। त्यहाँ रहेका बिरामीलाई तनावमुक्त गर्न त्यो बार, जेलको वातावरण नबनाई एउटा खुला बगैंचामा राख्दा अझ राम्रो हुन्थ्यो। मैले त्यहाँ भएका सम्पूर्णसँग कुराकानी गरें।

मैले २ दिन बिहान(बिहान संगीत र निर्त्यमार्फत् उहाँहरूलाई तनावमुक्त गर्न सफल भएँ। यसो विचार गर्दा, यो मानसिक समस्या दूर गर्न प्राकृतिक संगीत र प्रकृतिबाट अझ प्रभावकारी रूपले कम गर्न सकिन्छ।

म न त कुनै डाक्टर नै हुँ , तर मेरो अनुसन्धान अनुसार आश्रम वा जंगलमा लगि शान्त वातावरणबाट नि यो समस्या समाधान गर्न सकिन्छ।

३ दिनको मानसिक वार्डको बसेपछि म घर आइपुगें। त्यसपछि, मेरो १ वर्ष ग्याप भयो। मैले त्यो वर्ष पोखरालगायत प्रकृतिसँग समय बिताएँ। यता धर्म, साधनतिर लागें। मैले त्यसपछि, जागिर खाएँ तर पनि त्यो मनले मानेन। त्यसपछि मैले खरिदार वा प्रहरी जवानको लागि तयारी गरें। तर पनि मनले मानेन।

हैट, यो बेचैन मन। त्यसपछि अब मैले मानसिक समस्याबारे अनुसन्धान र खोज गर्न थालें। बिस्तारै, समय फेरि सुनौलो हुन थाले। यो समयमा, म निकै नै परिवर्तन भैसकेको थिएँ। त्यसपछि केएमसीमा कानुन संकायमा छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएँ।

विज्ञानमा दिउँसै तारा देख्नेले भने अब कानुनको परीक्षामा राम्रो अंकका साथ छात्रवृत्तिमा पढ्न थालें। त्यसरी नै जिन्दगी फेरि चलिरहेको थियो, लकडाउनबाट भने मेरो कलमको यात्रा सुरू भयो। मेरो कलम यात्रामा सहयोग गर्ने सम्पूर्ण मनलाई नमन। अझ गोविन्द आचार्य जी, बाह्रखरीका सम्पादक जीलाई मेरो यो यात्रामा हौसला र साथ दिनुभएको गुण कहिल्यै बिर्सिने छैन।

अहिले भने म, कुलतमा फसेका, डिप्रेसनमा परेका युवालाई प्रेरणादायी कुरालाई सुनाउने गर्छु ताकी मजस्तै युवाहरू मेरोजस्तै समस्यामा नपरून्। यसरी , एउटा मानसिक वार्डले मेरो जिन्दगी नै कायापलट भएको छ। सेतोपाटीबाट ! 


error: Alert: Content is protected !!