सबै प्रदेशमा स्वास्थ्यबाट सचिव पठाउने तयारी (यी हुन् १२ सम्भावित नाम)

काठमाडौं । कोभिड-१९ को दोस्रो लहर देशब्यापी बनेसँगै प्रदेशस्तरमा संक्रमण रोकथाम, नियन्त्रण प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सचिव पठाउने तयारी भएको छ ।

मन्त्रालय स्रोतकाअनुसार त्यसका लागि गृहकार्य समेत अगाडि बढिसकेको छ । प्रदेशमा सचिवका बनाएर पठाउन मन्त्रालयले १२ जना स्वास्थ्यका सम्भावित उच्च अधिकारीको नाम सामान्य प्रशासन मन्त्रालय पठाउने तयारी गरेको छ ।

सामान्यले प्रदेशको स्वास्थ्य सचिवका लागि सिनियर ११ औं तहका १२ जनाको नाम पठाउन भनेको थियो । सोहीअनुसार मन्त्रालयले सामान्यलाई बुझाउने नाममा अन्तिम गृहकार्य गरिरहेको छ । जसमा डा। भिमसिंह तिंकरी, डा. गुणराज लोहनी, डा. विकास देवकोटा, डा. तारा पोखरेल, डा. वासुदेव उपाध्याय, डा. रुणा झा, डा. संगीता मिश्र, डा. सुधा देवकोटा, डा. गुणराज अवस्थी, गोमा निरौला र नारायण ढकालका नाममा छलफल चलिरहेको छ ।

‘प्रदेश सचिवका लागि सामान्यमा पठाउने नामहरूमा उहाँहरुको नाममाथि छलफल चलिरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘माथिका सम्भावित नामहरुबाटै प्रदेश सचिव हुनेछन् । तर, छलफल अहिलेसम्म टुंगिसकेको छैन । गृहकार्य भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले सामान्यलाई नाम पठाएपछि प्रदेशमा स्वास्थ्य सचिव बनाउने थप प्रक्रिया अगाडि बढ्नेछ ।

तपाईको प्रतिक्रिया