प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेपछि जसपा सांसदलाई काठमाडौं फर्किन निर्देशन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदलाई तत्काल काठमाडौं उपत्यका फर्कन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुरले सबै सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएका हुन्।

जसपा कार्यकारिणी समितिका सदस्य एवम् ठाकुर निकट नेता केशव झाले उपत्यकाबाहिर पुगेका सांसदलाई काठमाडौं फर्किन र काठमाडौंभित्रै रहेकालाई उपत्यका नछाड्न निर्देशन दिइएको जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि जसपाभित्रको महन्थ–राजेन्द्र पक्ष आफ्नो रणनीति बनाउन जुटेको छ। जसपाभित्र ओलीलाई समर्थन गर्ने नगर्नेमा विवाद छ।


error: Alert: Content is protected !!