गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं– सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन्। मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गर्न सिफारिस गरेको छ। नवनियुक्त प्रदेश प्रमुखले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ।


error: Alert: Content is protected !!