नेपालमा आज ७ हजार ४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ जनाको पीसीआर र ५१८जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार ४४८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

जसमध्ये ७ हजार ३८८ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ६० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ।

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।

तपाईको प्रतिक्रिया