काठमाडौं उपत्यकामा ६ दिनमै १४ हजार संक्रमित थपिए

काठमाडौं । घना आवादी भएको काठमाडौं उपत्यका कोरोना महामारीको दोस्रो लहरमा लपेटिँदै गएको छ। यहाँ वैशाख १६ गते (पछिल्लो लकडाउन शुरू भएको दिन) यतामात्रै १४ हजार जना नयाँ संक्रमित फेला परेका छन्‌।

फाइल तस्विर

सोमबार देशभर भेटिएकामध्ये आधा स‌क्रमित काठमाडौं उपत्यकाकै हुन्‌। देशभर दैनिक संक्रमणदर (पहिचान गरिएको संख्याका आधारमा) ७ हजार नाघिरहँदा काठमाडौं उपत्यकामै ३६ सयभन्दा धेरै भेटिएका छन्‌।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ४८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए। ​सोमबार उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना नयाँ संक्रमित थपिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिमा काठमाडौंमा मात्र २ हजार ९ सय २२ जना भेटिए। ललितपुरमा ५ सय २२ र भक्तपुर २ सय २२ जना संक्रमित थपिएका छन्। यसरी हेर्दा उपत्यका कोरोनाको जोखिममा परिसकेको थाहा लाग्छ।


error: Alert: Content is protected !!