महादेब स्टोर सुर्खेतकाे वदमासी, १३ लाख बराबरको करछली अवैध सुर्ती जफत

सुर्खेत । राजश्व छली गरेर सुर्खेत जिल्ला भित्र्याउँदे गरेको ठूलो परिमाणको अवैध गोल्डेनकाली सुर्ती सुब्बाकुना प्रहरीले बरामद गरेको छ । आन्तरिक राजश्व कार्यालयको स्टीकर नटाँसिएको अवस्थाको १३ लाख ६६ हजार बराबरको अवैध सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको हो ।

बुटवलको न्यु पश्चिमाञ्चल टेड्र्सबाट कर छली गरि महादेव स्टोर सुर्खेतले लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा सुब्बाकुना प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध गोल्डेनकालि सुर्ति बरामद गरेको हो ।

बरामद सुर्ती ना ४ ख ७६५३ नम्बरको ट्रकमा ल्याउँदै गरेका बेला फेला परेको प्रहरीको भनाई छ। गाडीलाई शंका लागी चेकजाँच गर्दा २६ सय पोका अवैध सुर्तीजन्य पदार्थ पक्राउ परेको प्रहरीले बताएको छ । बरामद सुर्ती र गाडी प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाउने बताएको छ।


error: Alert: Content is protected !!