कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

काठमाडौं । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

७ हजार ६६० जना संक्रमित थपिएका छन् । १६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल मृत्यु ३४१७ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया