दाङबाट जुम्ला जाँदै गरेकाे टिप्पर कर्णाली नदीमा खस्याे

सुर्खेत । लुम्बिनी प्रदेशकाे दाङबाट जुम्ला जाँदै गरेकाे टिप्पर दैलेखमा दुर्घटना भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका-४ राकम, कोटेसल्लामा गएराती टिपर दुर्घटना भएको हाे ।

टिपर कोटेसल्लाबाट झण्डै दुई सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बा ५ ख २१८३ नम्बरको टिप्पर दाङ लमहीबाट जुम्ला जाँदै थियो । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त टिपर नदीभित्र रहेकाले उद्धारमा समस्या भएको हो ।

टिपरमा के ल्याइएको थियो र कति जना सवार थिए भन्नेबारे कुनै जानकारी नआएको डीएसपी श्रेष्ठले जनाएका छन् ।

तपाईको प्रतिक्रिया