ममताले लिइन् पश्चिम बंगालको मुख्यमन्त्री पदको सपथ, मोदीले भने : बधाई छ दिदी

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीले लगातार तेस्रो कार्यकालका पदको सपथ लिएकी छन्।

सपथपछि आयोजित प्रेससँगको अन्तर्क्रियामा उनले कोभिड संक्रमणमाथि काबु पाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताइन्। ममताले। सपथ लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बधाई दिएका छन्।

उनले लेखेका छन्‚ ‘पश्चिम बंगालको मुख्यमन्त्रीका रुपमा सपथ लिनुभएकी ममता दिदीलाई बधाई दिन चाहन्छु।’ विधानसभा चुनावमा तृणमूल कांग्रेस र भाजपाबीच कडा टक्कर परेको थियो। दुवैतर्फका कार्यकर्ता एकअर्कासँग भिड्दा ठाउँठाउँमा झडपका घटना समेत भए।

सपथलगत्तै मुख्यमन्त्री बनर्जीले पश्चिम बंगालका राजनीतिक दललाई हिंसात्मक गतिविधि नगर्न अपिल गरिन्। ‘पश्चिम बंगालले अशान्ति रुचाउँदैन’‚ उनले भनिन्‚ ‘हिंसामा सामेल हुनेमाथि कडा एक्सन लिइनेछ।’

विधानसभा चुनावमा आफ्नो दललाई शानदार जित दिलाएकी नेतृ बनर्जी पराजित भएकी हुन्। उनश्र नन्दीग्राम क्षेत्रबाट आफ्नै पार्टीबाट भारतीय जनता पार्टीमा गएका शुभेन्दु अधिकारीसँग पराजित भएकी हुन्।

तपाईको प्रतिक्रिया