प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन्।

प्रधानमन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका छन्। नेकपा (एमाले) का अध्यक्षसमेत रहेको प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकलगत्तै शीतलनिवास पुगेका थिए।

तपाईको प्रतिक्रिया