चर्चित गित “रेलको बाटो”को लेडिज भर्सन सार्वजनिक (भिडियोसहित)

सुर्खेत । पछिल्लो समय निकै चर्चामा रहेको गित “रेलको बाटो”को लेडिज भर्सन सार्वजनिक भएको छ ।

हुम्लाको सिमकोट, ठेहे, यालबंग लगाएत क्षेत्रमा छायांकन भएको उक्त गित विहिबार आहा टिभि मार्फत सार्वजनिक भएको हो । यस अघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गित यस पटक हुम्लामै छायाँकङ्कन गरिएको छ ।

राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले भोगिरहेको यातायात, स्वास्थ्य शिक्षा लगायत समस्यालाई गितको भिडियो मार्फत देखाईएकोा छ । निर्देशक लक्ष्माण सुनारका अनुसार यस अघि डोल्पा जिल्लामा छायाँङ्कन भएको गित सर्जकहरुले हुम्लामै छायाँङ्ककन गर्न माग गरेपछि लेडिज भर्सनका लागि हुम्लामा पुगेर छायांकन गरिएको हो ।

सर्जक लेखराज गिरीको शब्दमा रचिएको यो गित यस अधि सुरज पण्डितको स्वरमा रहेको थियो । यसको लेडिज भर्सनमा सुर्खेती कलाकार स्मृती शाहीले स्वर दिएकी छन् । गित छाँयाङ्कनका लागि निर्देशक लक्ष्मण सुनार, कलाकार चिरञ्जिवि सापकोटा, सरस्वती खत्री र लक्ष्मण देवकोटा लगायतको टोली हुम्लामा पुगेको थियो ।

तपाईको प्रतिक्रिया