कर्णाली प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हानको तयारी

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन कुनै विधेयक पारित नभइ अन्त्य हुने सम्भावना बढेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोरोना संक्रमणको जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

वैशाख ३ बाट शुरू भएको हिउँदे अधिवेशनपछि ३ पटकमात्र बैठक बसेको छ । सभामुख राजबहादुर शाहीले वैशाखको अन्तिमसम्म सदन अन्त्य भई जेठ पहिलो सातामा बजेट अधिवेशन आव्हान हुनसक्ने बताए ।

तपाईको प्रतिक्रिया