वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो अक्सिजनसहितको २५ शैया कोभिड अस्पताल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ।

कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदी उदुघाटन गरेका हुन्।

यो पनि : ‘कोभिडका बिरामीलाई अब अक्सिजन नपाएर मर्न दिदैनौं’

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवेदीले बताए ।

हाल अस्पतालको २५ शैयामध्ये १० शैया अक्सिजनसहितको रहेको उनले जानकारी दिए । उनका अनुसार अस्पताललाई ५० शैयाको बनाउने गरी तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया