लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसअघि अविश्वास प्रस्ताव छल्न राजीनामा दिएर पुनः एकल बहुमतको मुख्यमन्त्री दाबी गर्दै शपथ खाएका पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी कुल ४० जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

यही वैशाख ६ गते पनि कांग्रेसकै नेतृत्वमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर वैशाख १९ मा विशेष अधिवेशन बोलाइएकोमा अविश्वास प्रस्तावमाथि छलफल हुनुअगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएर सोही दिन पुनः मुख्यमन्त्रीको रुपमा शपथग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया