सरकार गठन प्रक्रिया संविधानको धारा ७६ को २ अनुसारको शुरू गर्नुपर्ने कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको धारा ७६ को २ अनुसारको सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ को २ अनुसारको गठन प्रक्रिया शुरू गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको दाबी गर्दै देउवाले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्ने बताएका हुन् ।

देउवाले सरकार भ्रष्टाचारमा लागेको आरोप लगाए ।

‘ओली आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्था आयो । हामी विश्वासको मत दिन सक्दैनौ,’ देउवाले भने ।

संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया