ओली र माधव नेपालबीच भेट हुँदै

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

उहाँहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । भेट हुने ठाउँकाे बारेमा भने टुङ्गो नलागेको भट्टराईको भनाइ छ ।

माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया