नेपाल पक्षकाे राजिनामा राेकियाे, कार्यदल बनाउने निर्णय

काठमाडौं । अन्तत माधव नेपाल पक्षकाे राजिनामा राेकिएकाे छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको समेत बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले राजीनामा दुई/चार दिनलाई टरेकाे र कार्यदल बन्ने प्रतिक्रिया दिएका छन् ।

रिब ४ घण्टा वार्तापछि नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’

तपाईको प्रतिक्रिया