नयाँ परिस्थिति र घटनाहरूबाट हतास हुनेहरू समाप्त हुँदै जान्छन् : जनार्दन

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नयाँ परिस्थिति र घटनाहरूबाट हतास हुनेहरू समाप्त हुँदै जाने बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै नेता शर्माले यस्ता घटनाहरूलाई सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने बताएका छन् ।

उनले भनेका छन्, नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरू एकसाथ लिएर आएको हुन्छ । यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौँ र उठाऔँ ।

उनले जनतामाथि आइपरेका संकटहरूको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बन्न आह्वान समेत गरेका छन् ।

उनले भनेका छन्, जनतामाथि आइपरेका संकटहरूको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौँ । हामी सबैको भविष्य उज्ज्वल हुनेछ ।

तपाईको प्रतिक्रिया