पछिल्लो २४ घन्टामा ८ हजार १६७ संक्रमित थपिए १ सय ८७ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुल १८ हजार ५ सय ४८ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार सो अवधिमा मुलुकभर थप १ सय ८७ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म मृत्यु हुन् कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।यस दिन ५ हजार ४ सय ५५ संक्रमित कोरोना भाइरसमुक्त भएका छन् । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया