जेठ १५ अगावै विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् ।

बिहीवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी गरेको छ ।

‘बजेट अधिवेशन बोलाएर शुरूमा विश्वासको मतको प्रयास गर्ने कि यसअघि जस्तै १ दिनको लागि विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाउने भन्ने विषयमा छलफल चलिरहेको छ,’ एमाले उच्च स्रोतले  भन्यो ।

मन्त्रिपरिषद् बैठकअघि बस्ने एमाले स्थायी कमिटी बैठकको सुझावका आधारमा नियमित वा विशेष अधिवेशन बोलाउने भन्ने टुंगो लाग्ने भएको छ । अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्दैन भन्ने कुरामा प्रधानमन्त्री ओली प्रस्ट रहेका एमालेका एक प्रभावशाली नेताले  जानकारी दिए ।

तपाईको प्रतिक्रिया