विदुर नीति : यी कार्य गर्नेहरु मूर्ख बन्छन् (हेर्नुहोस् के तपाँइसँग मिल्छ ? )

महात्मा विदुर महाभारतको महत्त्वपूर्ण पात्र थिए। उनी ऋषि वेद व्यासका छोरा थिए। विदुर जी धेरै ज्ञानी दूरदर्शी र विद्वान व्यक्ति थिए। वेद र वेदान्तमा पारङ्गत भएता पनि उनको स्वभाव अत्यन्त सरल थियो।

जब भगवान् कृष्ण महाभारत युद्ध अघि शान्ति दूतको रूपमा आए, उनी महात्मा विदुर कहाँ बसे। विदुर सत्य, ज्ञान, साहस, निष्पक्ष न्याय र धार्मिकताको लागि परिचित छन् ।

आजको समयमा विदुरको शिक्षाले मानिसलाई सही मार्गमा हिँड्न प्रेरित गर्दछ। विदुरले आफ्नो नीतिमा केही यस्ता कुरा बताएका छन् जसलाई गर्नबाट जोगिनु पर्छ । जुन मानिसले यो काम गर्छन् उनीहरू मूर्ख कहलाइन्छन् र आफ्नो जीवनमा दुःख प्राप्त गर्दछन्।

परं क्षिपति दोषेण वर्त्तमानः स्वयं तथा।
यश्च क्रुध्यत्यनीशानः स च मूढतमो नरः॥
यस श्लोकमा, विदुर भन्छन् जो व्यक्ति आफ्नो गल्तीलाई अर्कोको गल्ती भनेर आफूलाई बुद्धिमान ठान्दछ तथा असमर्थ भए पनि क्रोधित हुन्छ। त्यो मानिसलाई महान् मूर्ख भनिन्छ।

अमित्रं कुरुते मित्रं मित्रं द्वेष्टि हिनस्ति च।
कर्म चारभते दुष्टं तमाहुर्मूढचेतसम् ॥

यस पदमा, विदुर जी भन्छन् जो व्यक्ति शत्रुसँग मित्रता गर्दछ र आफ्ना साथी, शुभचिन्तकहरूलाई आफैँबाट टाढा राख्छ, साथीहरूसँग ईर्ष्या भाव राख्छ । सधैँ नराम्रो काममा लिप्त हुन्छ, त्यस व्यक्तिलाई पनि मूर्ख भनिन्छ। यस्तो व्यक्तिले सधैँ आफ्नो जीवनमा धोका खान्छ र पछि पछुताउन् पर्दछ।

विदुर नीति अनुसार जो व्यक्ति अर्कासँग ईर्ष्या र घृणाको भाव राख्दछ, जो मनुष्य सधैँ असन्तुष्ट रहन्छ आफ्नो कामको लागि अरूमा निर्भर रहन्छ र सबै कुरामा शङ्का गर्छ। यस्तो व्यक्तिलाई मूर्ख भनिन्छ। यी कार्यहरूले उसको जीवनमा कष्ट कारण बन्दछ ।

तपाईको प्रतिक्रिया