युरो कपसँगै फर्किँदै छ फुटबलको माहोल

काठमाडौं । कोरोना महामारीबीच विश्वभर खेलकुद गतिविधिमा कमी आएको छ। कतै दर्शकविहीन रुपमा प्रतियोगिता भइरहेका छन् कतै स्थगित छन्। युरोपका ठुला फुटबल लिगको सिजन पनि अन्तिम चरणतिर छन्।

 

यसैबीच फुटबल माहोल फर्काउने महत्वपूर्ण प्रतियोगिता रुपमा युरो कप फुटबल आगामी ११ जुनबाट एक महिना सञ्चालन हुँदै छ। विश्वकपपछि सर्वाधिक हेरिने यो प्रतियोगिता युरोपको सर्वाधिक ठूलो प्रतियोगिता हो।

प्रतियोगिता ११ जुनमा रोममा टर्की र इटालीबीको खेलबाट सुरु हुँदै छ। जहाँ फाइनल भने ११ जुलाईमा लन्डनमा हुने कार्यतालिका छ। प्रतियोगिता युरोपका विभिन्न ११ शहरमा आयोजना हुने भएको छ।

प्राय एकै देशमा हुने प्रतियोगिता यो पटक ६० वर्ष पुगेको अवसरमा युरोपका ठूला ११ शहरमा हुने तय भएको छ। युइएफएले लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ।

यस संस्करणको युरो कपमा २४ टिमको सहभागिता छ। सहभागी टोलीहरुले प्रतियोगिताका लागि धमाधम राष्ट्रिय टिमको घोषणा गर्न थालिसकेका छन्।

यस्तो छ युरो कप ड्र

​समूह एः इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह बीः डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सीः नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डीः इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ईः स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफः हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

तपाईको प्रतिक्रिया