आज मन्त्रिपरिषद विस्तार गर्दै ओली, जसपाकाे ठाकुर पक्षलाई १० मन्त्रालय दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएपछि उक्त पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षले उठाउँदै आएका मागहरु सम्बोधन गर्न थालेपछि उक्त पक्ष सरकारमा सहभागी हुन लागेको हो । यसैका लागि सरकारको आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।

नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जान लालायित भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई दश वटा मन्त्रालय दिने सहमति भएको छ ।

तर जसपाकै उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्ष पनि ओली सरकारको विरुद्धमा छ । ठाकुर महतो पक्षले ओलीलाई साथ दिए पनि यादव–भट्टराई पक्षले भने विपक्षी गठबन्धनलाई सघाइरहेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि जसपाभित्रको यो विभाजनका कारण पार्टी एकता नै धरापमा परेको छ ।

तपाईको प्रतिक्रिया