कांग्रेस पदाधिकारी बैठक बुधबार बिहान बस्ने

काठमाडाैं– नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने उनले बताए।

तपाईको प्रतिक्रिया