ठाकुरद्वारामा सञ्चालन हुने कोभिड उपचार केन्द्रको चिकित्सकको टोलीद्वारा निरीक्षण सम्पन्न

बर्दिया ; ठाकुरबाबा नगरपालिकाको अनुमतिमा ठाकुरद्वारामा सञ्चालन हुन गइरहेको कोभिड-१९ प्राथमिक उपचार केन्द्र सञ्चालनका लागि भए गरेका तयारीका बारेमा प्रतक्ष्य अनुगमन,निरक्षण गरी सुझाव संकलन तथा सञ्चालन रणनीति कार्य सम्पन्न भएको छ।

निरीक्षणमा ठाकुरद्वारा कोभिड १९ प्राथमिक उपचार केन्द्रका कार्यदल, ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ का वडा अध्यक्ष राधा चौधरी, वरिष्ठ नाक कान घाँटी चिकित्सक रमेश श्रेष्ठ, भेरी अस्पताल नेपालगन्जका फिजिसियन इमिरजेन्सी विभाग प्रमुख तथा कोभिड फोकल पर्सन चिकित्सक संकेत रिसाल, नाक कान घाँटी विभाग प्रमुख दिनेश चौधरी, हाड जोर्नी सर्जन रुपानन्द अधिकारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो।

अनुगमनको क्रममा एक जना चिकित्सक, दुई जना नर्स, अनमी लगाएतको प्रतक्ष्य निगरानीमा सञ्चालन हुन लागेको कोभिड१९ प्राथमिक उपचार केन्द्र ठाकुरद्वाराको तयारी राम्रो रहेको र यसले कोभिड बिरामीलाई निकै सहज हुने वरिष्ठ चिकित्सक रमेश श्रेष्ठले बताउनु भयो । छलफलमा उपचार केन्द्र सञ्चालनको क्रममा आइपर्ने विविध समस्याको समाधानको उपाय,अक्सिजनको सहज आपूर्ति, बिरामीको जटिल अवस्था अनुसार चिकित्सक सागको निरन्तर समन्वय सम्पर्क र रिफर गर्नुपर्ने भएमा समन्वय गरेर सहज रूपले सेवा दिने बारे छलफल गरिएको थियो।

उपस्थित चिकित्सकको टोलीले हाल निर्माण गरिएको संरचनालाई दिर्कालिन प्रयोगको सोच राखी स्थायित्व दिँदै भावी दिनमा कम्तीमा १५ शैयाको अस्पताल सञ्चालन गर्न सकिने गरी अगाडि बढ्न दिँदै चिकित्सकको सहयोग चाहिए समय मिलाएर सहयोग गर्न तयार रहेको फिजिसियन तथा भेरी अस्पताल नेपालगन्जका कोभिड फोकल पर्सन चिकित्सक संकेत रिसालले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया