वीरेन्द्रनगरका वडा अध्यक्ष सुनार भन्छन्, ‘कि काम देऊ कि माम देऊ’ जनता भन्न थालिसके

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. एक का अध्यक्ष गंगाराम सुनारले कोभिड -१९को दोश्रो भेरियन्ट फैलिएसगै लामो समय निषेधाज्ञा जारी हुँदा गरिब तथा निमुखाले खाना खान नपाउने अवस्था आइसकेको बताएका छन् । उनले वडामा दुइ हजार चार सय १५ घरधुरी रहेको बताउँदै त्यसमध्ये ६ सय बढि घरधुरी खाना नपाउने अवस्थामा पुगिसकेको बताए ।

‘दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु सबैभन्दा बढी पीडामा पर्न थालिसकेका छन् । उनीहरुको घरमा चामल तेल रित्तन लागेको गुनासो आउन थालेको छ । कि कम देउ कि माम देउ भन्ने माग अधिकांश व्यक्तिले राख्न थालेका छन् ।नेपालीरैबारसँग ’ उनी भन्छन्, ‘कोभिडका कारण वीरेन्द्रनगरमा भइरहेका सबै विकासे काम, अन्य ज्यालादारी काम रोकिएका कारण उनीहरुसँग बचत भएको रकम सकिने र उधारोमा पसलेहरुले नपत्याउने अवस्था आइलागेको मैले पाएको छु । त्यस्ता गुनासा हरु दिनप्रतिदिन बढिरहेका छन् ।’

उनले आफूले आफ्नो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ती सबैलाई सामाजिक दुरी सहित काममा लगाउने योजना बनाएको बताए । ‘मैले प्रधानमन्त्री रोजगार कार्यक्रममा सबैलाई लगाउन खोजेको छु तर प्रधानमन्त्री रोजगार कार्यविधिले भने सूचिकृत भएका युवालाई मात्रै काममा लगाउने भन्ने कानून बनाएको छ । नेपालीरैबारसँग ’ उनी भन्छन्, ‘महामारीको समयमा यो नीति सहि भएन । काम हुँदा हुँदै सूचीकृत भएकाले मात्रै पाउने भन्दा पनि जो भोकै छन्, जसले काम र माम पाएका छैनन्, उनीहरु सबैलाई रोजगारी दिनुपर्ने योजना बनाएको छु । यसबारेमा म नगरप्रमुख, उपप्रमुखसँग कुरा गरेर केहि दिनमा सुरु गर्ने योजना बनाइरहेको छु ।’

कोरोनाका कारण उनको वडामा हालसम्म दुइ महिला र दुइ पुरुष गरी चार जनाको ज्यान गइसकेको छ । पछिल्लो तथ्यांक अनुसार वडा नं. एकमा सक्रिय संक्रमितको संख्या १९८ जना रहेको छ । ‘ती सबै संक्रमितको घरमा पुग्ने अभियान सुरु गरेको छु । आजसम्म ५१ घरमा पुगिसकेका छौं । संक्रमितको घरमा पुगेर उनीहरुलाई हौसला दिने, प्रतिव्यक्ति दश वटाका दरमा अण्डा दिने, औषधीहरु दिने काम गर्दै आइरहेका छौं ।नेपालीरैबारसँग ’ उनी भन्छन्, ‘यसकालागि हामीलाई नेपाल रेडक्रस सोसाईटी र वातावरण सुधार समाजले विभिन्न सहयोग गर्दै आइरहेका छन् । अन्य सहयोग दातालाईं सहयोगका लागि अपिल गर्दछु ।’

उनले वडामा विपद कोष स्थापना गरिएको बताए । ‘अहिले कोषमा हामीसँग चार लाख रुपैंया छ । गरिब, मजदुर, ज्यालादारी नागरिक भोकै पर्ने अवस्था आएको खण्डमा त्यहि रकमबाट भएपनि उनीहरुलाई भोकै बस्न नदिने प्रण गरेको छु ।’ उनी भन्छन्, ‘सबैलाई यति अनुरोध छ कि घरबाट कोही पनि बाहिर अत्यावश्यक काम नपरी ननिस्की दिनुस । सामाजिक दुरी कायम गरिदिनुस । स्वास्थ्य मापदण्ड अपनाई दिनुस । यहि मेरो अपिल छ ।’


error: Alert: Content is protected !!